मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको अध्यक्षमा पुन: मलहोत्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 02:49:24 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको अध्यक्षमा पुन: दिपक कुमार मलहोत्रा चयन भएका छन् । एशोसिएसनको बुधबार सम्पन्न सातौँ वार्षिक साधारण सभा मलहोत्रा अध्यक्षमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु  पनि नयाँ कार्यसमितिमा यथावत रहने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । नयाँ कार्यसमितिको कार्यअवधि २ वर्षको हुनेछ ।  

साधारण  सभामा समितिका उपाध्यक्ष सञ्जय कुमार अग्रवालज्यूले स्वागत मन्तब्य र महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९/८० मा यस एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराए । त्यस्तै अध्यक्ष मलहोत्रा सभापतित्वमा सम्पन्न सभामा कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved