नेपाल टेलिकमले ल्यायो चाडपर्व लक्षित अफर, सस्तो दरमा डाटा र भ्वाईस प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2023 | 11:01:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले चाडपर्व लक्षित अफर उपलब्ध गराउने भएको छ।  दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ। टेलिकमकाअनुसार अफर अन्तर्गत सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध हुनेछ। दशैंका लागि यो अफर असोज २ देखि प्रारम्भ हुनेछ भने आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ । 

अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी रु. ९८ मा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने रु. १९९ मा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, रु. २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र रु. ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ । 

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ। 

S.N

Package

Resource

Validity (days)

Tariff NRs. (Incl. of Tax)

1

1Mbps data unlimited +100 Min NT-NT Voice

1Mbps data unlimited +100 Min NT-NT Voice

1

49

2

6GB data

6GB

3

98

3

13GB Data

13GB

7

199

4

20GB Data

20GB

10

294

5

30GB Data

30GB

15

399

6.

Festive Combo Pack (Rental Included for Postpaid)

30 GB Data

600 Min All net Voice

200 All net SMS

28 days for Prepaid and 30 days for Postpaid user

789


त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने छ । यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ । 

S.N

Upon Recharge Of Rupees

Bonus on Data

Remarks

1

200-499

2GB (Per day 1 GB for 2days)

Free Resource upon recharge shall be used first

2

500 and Above

8GB( Per day 2GB for 4 days)


सजिलो अनलिमिटेड ११९९ प्याकेज यसअघि रु. १४९९ पर्ने सजिलो अनलिमिटेड प्याकेज अबदेखि रु. ११९९ मा उपलब्ध हुनेछ । यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ । 

असोज २८ देखि कात्तिक १० गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट ग्राहकहरुले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved