बिगमार्टले ल्यायो प्रत्येक खरिदमा उपहारको बहार योजना, एक जनाले टाटाको गाडी पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2024 | 11:31:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बिगमार्टले जाडो मौसमलाई मध्यनजर गर्दै 'बिगमार्ट कार उपहार उत्सव' लिएर आएको छ । यो अफरअनुसार बिगमार्टमा किनमेल गर्नेले उपहारमा कार जित्न सक्नेछन। 

बिगमार्टकाअनुसार यहि माघ एक गतेदेखि फागुन १५ सम्म बिगमार्टमा खरिद गर्ने जो कोहि पनि यो योजनामा भाग लिन सक्नेछन। साथै यो डेढ महिनाको अवधिमा बिगमार्टमा पुगेर सामान खरिद गर्दा प्रत्येक खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरुको व्यवस्था समेत रहेको बिगमार्टले जनाएको छ। 

जसमा बम्पर पुरस्कार एक जना भाग्यशाली ग्राहकलाई १ वटा टाटा टियागो गाडीया, एक जाना भाग्यशाली ग्राहकलाई १ वटा यामाहाको स्कुटर, भाग्यशाली पाँच जना ग्राहकहरुलाई ५ वटा स्मार्टफोनहरू, १० भाग्यशाली ग्राहकहरुका लागी जनही ५,००० बराबरको किनमेल भौचर साथै, ग्लोवल आईएमई बैंक लि. को क्रेडिट कार्ड घोटेर बिल भुक्तानी गर्दा १० प्रतिशत वा नगद ३०० सम्म छुट लगायतका व्यवस्था रहेको छ।   प्रत्येक प्रत्येक रु. ७५० वा सो भन्दा बढिको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved