चार्टड एकाउन्टेन्ट्सलाई 'तालिमे पेसा' भनिएकोप्रति एक्यानको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 08:25:18 PM मा प्रकाशित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले चार्टर्ड एकाउन्टेन्ट्स (सीए) लाई तालिमे पेसाको रूपमा व्याख्या गरिएकोप्रति आपत्ति जनाएको छ।  सीए पेसालाई केहि संचार माध्यमले 'तालिमे पेसा'का रूपमा टीकाटिप्पणी गरेको भन्दै संघले एक बिज्ञप्ति मार्फत आपत्ति जनाएको हो। 

सीएको भूमिकालाई सम्मान गरेर अन्य देशमा स्नातोकोत्तरको उपाधि दिईएको अवस्थामा नेपालमा भने यसको गरिमामा आंच आउने खालको टिकाटिप्पणी गरिनुले समग्र चार्टड एकाउन्टेन्ट्सहरुको मनोबलमा कमि आएको संघको ठहर छ। 

न्यूनतम पाँच वर्षे अध्ययन अवधि रहेको यस पेसामा खटिएर अनेकन पटक प्रयास गरेर तीनवर्षे तालिम अवधि पुरा गरेर हासिल गरेको उपाधिको सही मूल्यांकन नभए देशमा रहेका सीएहरू अन्यत्र पलाएन हुन सक्ने संघले चेतावनी समेत दिएको छ। 

"न्यूनतम पाँचवर्षे अध्ययन अवधि रहेको यस पेसामा अहोरात्र खटिएर अनेकन पटक प्रयास गरेर, तीनवर्षे तालिम अवधि पूरा गरेर हासिल गरेको उपाधिको मूल्यांकन सही तरिकाले हुन सकेन भने यो देशमा रहेर सेवा प्रदान गरिरहेका चार्टर्ड एकाउन्टेन्ट्सहरू अन्यत्र पलायन हुन सक्ने समेत खतरा उत्पन्न हुने कुरामा दुईमत छैन," संघले भनेको छ ।

राज्यव्यवस्थामा चार्टड एकाउन्टेन्ट्सको उचित भूमिका सुनिस्चित गर्न तथा चार्टड एकाउन्टेन्ट्सहरुलाई उचित समकक्षताको सुनिस्चितता गर्न सकेमात्र सीए पेसाको सम्मान हुने भन्दै संघले 'सीएजस्तो गरिमामय' पेसाको मर्यादामा आँच आउने खालको टीकाटिप्पणी नगर्न पनि आग्रह गरेको छ ।

संघका अनुसार हाल नेपालभरि पेसा तथा सेवामा गरी तीनहजार भन्दा बढी सीए छन्। चार्टड एकाउन्टेन्ट्स समेत रहेका गभर्नर महाप्रसाद अधिकारिको शैक्षिक योग्यता नपुगेको भन्दै अदालतमा मुद्दा परेपछि केहि संचारमाध्यम मार्फत सीए पेसालाई 'तालिमे पेसा' को रुपमा टिप्पणी गरिएको थियो। सोहि टिप्पणीका कारण चार्टड एकाउन्टेन्ट्सको गरिमामाथि नै आंच आएको भन्दै संघका अध्यक्ष सीए दिपक पाण्डेले सरोकारवाला निकाय तथा उच्च पदस्थलाई भेटेर समेत यस बिषयमा ध्यानाकर्षण गराएका थिए। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved