सरकारविरुद्ध सडकमा उत्रिए शेयर लगानीकर्ता, सबै 'ब्रोकर हाउस' बन्द गर्ने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2024 | 09:48:48 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशका लगानीकर्ताको लगानीको सुरक्षाको माग गर्दै शेयर लगानीकर्ताहरुले आज नेपाल सरकारबिरुद्द प्रदशन गरेका छन्। पुँजी बजार सङ्घर्ष समितिको आह्वानमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षा गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरिएको हो। 

शेयरलगानीकर्ताहरुले माइतघरदेखि नयाँ बानेश्वरसम्म बिरोध प्रदशन गरेका छन।  'हामि लगानीकर्ता हौ, भिखारी होइनौं', स्वदेशी लगानीकर्ताको लगानी सुरक्षा गर, नत्र स्टक मार्केट बन्द गर' जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर , मुखमा कालोपट्टि बाधेर, टाउकोमा कालो रिबन बाधेर बिरोध प्रदशन गरिएको थियो। 

पुँजी बजारमा स्वदेशी लगानीकर्ताको खरबौंको लगानी डुबीराख्दा पनि सरकारले वास्ता नगरेकाले त्यसको विरोधमा बिरोध प्रदशनको कार्यक्रम गर्नुपरेको नेपाल शेयरधनी संघका महासचिव सुरक्षा खड्काले बताए। 

त्यस्तै पुँजी बजारमा स्वदेशी लगानीकर्ताहरुको उद्धार गर्न सरकारलाई दबाब दिन सडक सङ्घर्ष पुनः गर्नुपरेको आन्दोलन परिचालन कमिटीका सक्रिय सदस्य तथा शेयर लगानीकर्ता तिलक कोइरालाले बताए।

 त्यस्तै यस आन्दोलनका संयोजक तिलक पाठकले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिईने बताउदै सोमबारदेखि सबै ब्रोकर हाउस बन्द गर्ने घोषणा गरेका छन्। ब्रोकर हाउस बन्दको लागि ब्रोकर एसोसियसनसंग समन्वय गरिने समेत उनले सभामा बोल्ने क्रममा जानकारी दिए। 

आन्दोलन परिचालन कमिटीका सक्रिय सदस्य तथा शेयर लगानीकर्ता कोइरालाईले ब्रोकर हाउस कम्तिमा एक हप्ता बन्द गरेर आफुहरुको आन्दोलनमा साथ दिनलाई आग्रह गरे।  भोलिदेखि सुरु हुने लगानी सम्मेलनको आयोजना स्थान सोल्टी होटल अगाडी नै धर्ना दिने कार्यक्रम समेत रहेको कोइरालाले बताए। 

अविलम्ब धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरिनुपर्ने, प्रिमियममा आईपीओ निष्कासन गर्ने कार्य बन्द गर्नुपर्ने,सेयर धितो कर्जामा लगाइएको सिमा हटाइनु पर्ने, सेयर धितो कर्जामा लगाइएको जोखिमभार १२५ बाट घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने, अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर कायम गर्नुपर्ने, बाफिया ऐनलाई व्यवहारिक बनाइनुपर्ने, तथा बजाररमा संस्थागत लगानीकर्तालाई प्रवेश गराउनु पर्ने माग उनीहरुले अगाडी सारेका छन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved