शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2023 | 08:29:22 AM मा प्रकाशित

laxmi  sunrise bank

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले नेपालगञ्जबाट पक्राउ गरेको हो 

उनी भारतमा लुकिछिपी बसेका थिए । सीआईबीले आज पत्रकार सम्मेलन गरेर यसबारे विस्तृत जानकारी दिने तयारी गरेको छ। 

२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । शिवशिखरले कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा शाखा खोलेको थियो । 

सहकारीमा राखेको निक्षेप फिर्ता नगरेपछि सहकारीका अध्यक्ष शर्मा विरुद्द ४ हजार उजुरी परेको थियो ।  उनीमाथि १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ।  

यस अघि : बचतकर्ताको अर्बौ ठगी गर्ने शिवशिखर सहकारीका सबै मार्ट बन्द, संचालकविरुद्ध ४ हजार उजुरी




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved