शिव शिखर ठगी प्रकरण: बचतकर्ताले राखेको १२ अर्ब झिकेर ४३ वटा कम्पनीमा लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2023 | 12:46:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रक्राउ परेका केदारनाथ शर्माले सहकारीको पैसा ४३ वटा कम्पनीमा ऋण लगानी गरेको फेला परेको छ ।  नेपाल प्रहरीको सीआईबीको टोलीले शर्मालाई गत सोमबार पक्राउ गरेको हो ।

उनी शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका संचालक समितिको निवर्तमान अध्यक्ष, तथा तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष हुन् । उनी शिखर अर्गनाईजेशका संचालक समेत हुन्।

सीआईबीका अनुसार  भक्तपुरमा केन्द्रीय कार्यालय त्तहा ३५ जिल्लामा सेवा केन्द्र रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीमा १ लाख ६८ हजार ७ सय २५ जना निक्षेपकर्ता सदस्यहरुले १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार  रकम जम्मा गरेका थिए । त्यस्तै तुलसी बहुमुखी सहकारीमा २१ हजार १ सय ५४ जना निक्षेपकर्ताले १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार रकम जामम गरेका थिए।

शर्माले सो रकम प्रचलित सहकारी ऐन र नियमावली विपरित सहकारी संस्थाबाट आफु र आफ्ना नजिकका ब्यक्तिहरुको नाममा संचालित ४३ वटा विभिन्न कम्पनीहरुमा ऋण लगानी गराई उक्त रकमको साँवा व्याज समेत सहकारी संस्थाम फिर्ता नगरेको सीआईबीले जनाएको छ।  त्यस्तै उनले सहकारी संस्थामा रहेको निक्षेप रकम बाट आफु र आफ्ना नजिकका ब्यक्तिहरुको नाममा जग्गा जमिन, सवारीसाधन खरिद गरी  सर्वसाधारणको वचत रकम दुरुपयोग गरेको सीआईबीको अनुसन्धानमा खुलेको छ । 

सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 


यस अघि : बचतकर्ताको अर्बौ ठगी गर्ने शिवशिखर सहकारीका सबै मार्ट बन्द, संचालकविरुद्ध ४ हजार उजुरी]

ऋणीको श्रीमतीसँग मिलेर अर्को सहकारी, डेढ अर्ब डुबाउन काठमाडौँबाट विराटनगर




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved