१४ अर्ब ठगी गर्ने शिव शिखर सहकारीका अध्यक्षमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2023 | 05:35:56 PM मा प्रकाशित

laxmi  sunrise bank

बचतकर्ताको १४ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको आरोप लागेका शिव शिखर सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ । विभागले शर्मा आवद्ध रहेका कम्पनीका सम्पत्ति पनि रोक्का राखेको छ । 

उनी विरुद्द विभागमा उजुरी परेपछि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पत्र पठाएर अनुसन्धानका लागि अनुरोध गरेको थियो । अनुसन्धान सुरु गर्दा नै उनको सम्पत्ति रोक्का राखिएको हो । रोक्का नराख्दा बेचबिखन हुन सक्ने वा ट्रान्सफर हुन सक्ने सम्भावना भएकाले अहिले नै रोक्का राख्ने निर्णय भएको विभागले जनाएको छ ।

विभागले साउन १५ गतेभित्र शर्माको बयान लिने तयारी गरेको छ । 

शर्माले शिवशिखर र तुलसी सहकारीमार्फत बचतकर्ताको १४ अर्ब रुपैयाँ हिनामिना गरेर व्यक्तिगत कम्पनीमा लगानी गरेको खुलेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved