शिवशिखरका उपत्यकाका शाखाको अनुसन्धान सकियो, ३३ शाखाको अनुसन्धान जिल्लाबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 04:16:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाको बचत हिनामिना प्रकरणको एक तहको अनुसन्धान सकेको छ । काठमाडौँ उपत्यकाका ३ जिल्लाका पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा सीआईबीले शिवशिखर बहुउदेश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

३६ जिल्लामा ४३ शाखामार्फत कारोबार गर्दै आएको शिवशिखर बहुउदेश्यीय सहकारीको केन्द्रीय कार्यालय भक्तपूरमा थियो । तर, सञ्चालक केदारनाथ शर्माले बचतकर्ताको निक्षेप व्यक्तिगत कम्पनीमा लगानी गरेपछि सहकारीमा समस्या आएको थियो ।

यस सम्बन्धमा सहकारी विभागले सीआईबीलाई अनुसन्धानका लागि लेखेर पठाएको थियो । जसमा काठमाडौँका ६४६ उजरीकर्ताले ६ करोड ६६ लाख, भक्तपूरका १ हजार ३२३ बचतकर्ताले करिब ८२ करोड र ललितपूरका ५८३ उजुरीकर्ताले ३ करोड ४७ लाख मागदावी गरेका छन् ।

अब अन्य ३३ जिल्लामा रहेका शाखामार्फत संकलन भएको बचत रकम फिर्ता नपाएका बचकर्ताले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन सक्ने गरी त्यस्तो उजुरी उपर सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाटै अनुसन्धान हुने प्रवन्ध मिलाउन लागिएको सीआईबी स्रोतले जनाएको छ । 

शिवशिखरका सञ्चाल शर्मामाथि शिवशिखर र तुलसी सहकारीमार्फत १२ अर्ब बढी बचत रकम हिनामिना गरेको आरोप लागेको छ । शिवशिखरका देशभरीका १ लाख ६८ हजार ७२५ जना निक्षेपकर्ता सदस्यहरूले १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार रुपैयाँ फिर्ता नपाएको बताएका छन् । 

शर्मालाई सीआईबीले असार ११ गते पक्राउ गरेको थियो । काठमाडौँ उपत्यका बाहेक अन्य जिल्लामा रहेका शिवशिखर सहकारीका शाखामार्फत संकलित बचत रकमसमेत फिर्ता नभएको तथ्यांक हेर्दा अहिले सम्मको विवरण अनुसार सबै अनुसन्धान सकेर मुद्दा दायर हुँदा १६ अर्ब जति बिगो कायम हुन सक्ने देखिएको सीआईबी स्रोतले बताएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved