बचतकर्ता ठग्ने दर्जन सहकारी सीआईबीको अनुसन्धानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 04:25:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दर्जन सहकारीको अनुसन्धान गरिरहेको छ । बचतकर्ताको निक्षेप हिनामिना गरेको र निक्षेप फिर्ता नदिई सञ्चालक फरार भएको लगायतका उजुरीका आधारमा सीआईबीले अहिले झण्डै एक दर्जन सहकारीको अनुसन्धान जारी राखेको छ ।

सहकारी विभागले अनुसन्धानका लागि लेखी पठाएका सहकारीको अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकारी दिए । सीआईबीले अनुसन्धान गरिरहेका सहकारीहरुमा रियल गोरखा बचत तथा ऋण सहकारी, लालिगँुरास सहकारी, कान्तिपुर सहकारी, समेरु सहकारी र देउराली सहकारी छन् । त्यस्तै, सन्ध्या सहकारी, पशुपति सहकारी, हरित कृषि सहकारी र एभर ट्रष्ट सहकारीको पनि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

सीआईबीले ५ वटा सहकारीको अनुसन्धान सकेको छ । यी मध्ये शिवशिखर बहुउदेश्यीय सहकारीको ३ जिल्ला (काठमाडौँ, भक्तपूर र ललितपूर)का शाखाको अनुसन्धान सकिएको छ । सिभिल र एकताबुद्ध सहकारीको पनि अनुसन्धान सकिएको सीआईबीले जनाएको छ । शिवशिखरका सञ्चालकले १६ अर्ब, सिभिलका सञ्चालकले ७ अर्ब र एकताबुद्धका सञ्चालकले ७ करोड हिनामिना गरेको देखिएको सीआईबी स्रोतले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved