कामू सीईओ बनेको दुई महिनामै कुमारीको सीईओ बने रामचन्द्र खनाल, बैंकिंङमा डेढ दशकको अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 08:57:15 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन्। बैंकको कायम मुकायम सीईओ भएको साढे दुई महिनामै बैंक संचालक समितिले खनाललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरि खनाललाइ ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो। बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो।

सीएफओको रुपमा सिद्दार्थ बैंकमा काम गरेका खनाल त्यसपछि एनआइसी एसिया हुँदै कुमारी बैंकमा प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारीमा थिए।    खनाल कुमारी बैंकमा प्रमुख सञ्चालन अधिकृतको जिम्मामा रहँदै कामू सीइओको जिम्मेवारी दिएको हो।

खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनीसँग करिब डेढ दशक बैंकिङ क्षेत्रमा काम गरेकाे अनुभव छ। उनीसंग एनआईसी एसिया क्यापिटलमा सीईओको रुपमा पनि काम गरिसकेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved