बजेटको प्रभावकारी कार्यान्वयनका लागि नेपाल उद्योग परिसंघको ‘बजेट वाच’ शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2022 | 04:19:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले (सीएनआई ) बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी क्षेत्र संवादको रुपमा ‘बजेट वाच’ सुरु गरिएको छ । सरकारको वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनमार्फत लिइएका लक्ष्यहरु हासिल गर्न रचनात्मक भूमिका निर्वाह गर्न बजेट वाच   सुरु गरेको नेपाल उद्योग परिसंघले जनाएको छ

प्रत्येक वर्ष बजेटमा कार्यक्रम आउने र कार्यान्वयन नहुने समस्या भएपछि सीएनआईले दबाब कार्यक्रम सुरु गरको अध्यक्ष विष्णुकुमार अग्रवालले बताए।  अग्रवालले भने-'बजेटले स्वदेशी उद्योग र मेक इन नेपाललाई उच्च प्राथमिकता दिएको छ। तर कार्यान्वयनमा धेरै समस्या देखिएका छन्। सीएनआईले अघि सारेको मेक इन नेपाल अभियान अघि बढाउन सार्वजनिक खरीद अनुगमन कार्यालयलाई दबाब दिएको छ। देशमा बढ्दै गएको व्यापार घाटा, वैदेशिक मुद्रा संचितिमा पर्दै गएको दबाब कम गर्न निर्यात हुने सबै बस्तुमा अनुदान दिन आग्रह गरिएको छ। यस्तै चितवन शक्तिखोरको औद्योगिक क्षेत्र व्यवस्थापन गर्न सीएनआईले चासो देखाएको छ।

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved