नेपाल बैंकर्स एसोसिएसन लुम्बिनीको संयोजकमा नविन बिष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2022 | 05:34:45 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल बैंकर्स एसोसिएसन(एनबिए) लुम्बिनी प्रदेशको संयोजकमा एनएमबि बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख  नविन बिष्ट चयन भएका छन् ।  एशोसियसनको सह संयोजकमा  नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख- सुमिर शम्सेर जबरा चयन भएका छन् ।

त्यस्तै एशोसियसनको सदस्य सचिवमा हिमालयन बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्न्यात चयन भएका छन् भने प्रदेश सदस्यहरुमा प्रभु बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख-  सुवास कुवर, नेपाल एसबिआइ  बैंक लिमिटेडका  लुम्बिनी प्रदेश प्रमुख-  शिव दाहाल, नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख- सुशील कुमार नेपाल चयन भएका छन् ।

संयोजकका रुपमा चुनिएका नविन बिष्ट  झन्डै डेढ दशक देखि  बैँकिङ्ग क्षेत्रमा कार्यरत छन् । नवनियुक्त संयोजक बिष्टले आगामी दिनहरूमा लुम्बिनी प्रदेशमा अन्तरबैंक सम्बन्ध  एवं लुम्बिनी प्रदेशमा रहेका बैंकका कर्मचारीहरु बीच  दिगो सम्बन्ध स्थापित गर्ने एवं वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित  कार्यक्रमहरू ल्याउने जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved