हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को संचालकमा सम्भुप्रसाद मरासिनी नियुक्त भएका छन् । वैशाख १७ गतेदेखि लागु हुने गरि कम्पनीले उनलाई संचालक नियुक्त गरेको हो ।
उनी नेपाल सरकारबाट प्रतिनिधित्व गर्दै कम्पनीमा संचालक चयन भएका हुन् । उनी हाल महालेखा नियन्त्रक कार्यालयमा सहमहालेखा नियन्त्रकको रुपमा कार्यरत छन् ।
यस अघि कम्पनीमा कानुन मन्त्रालयकी सह सचिव निर्मला अधिकारी भट्टराई संचालक थिईन् । उनको स्थानमा सम्भुप्रसाद मरासिनी संचालक नियुक्त भई आएका हुन् ।