पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 12:52:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको सोमबार बसेको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा चयन गरेको हो ।

सापकोटासहित कार्यकारी समितिका नवनियुक्त सदस्यहरुलाई आइतबार मात्रै नेपाल पर्यटन बोर्डले औपचारिक रुपमा स्वागत गरेको थियो । गत चैत्र १५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा सापकोटासहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो । बोर्ड सदस्यको नियुक्तिसँगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को व्यवस्था अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष तथा मनोनित सदस्यहरु मध्यबाट सदस्यहरुले छानेको एकजना सदस्य उपाध्यक्ष हुने व्यवस्था छ । 

ऐनमा बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव तथा पर्यटन प्रर्वद्धन गर्ने कार्यमा संलग्न पर्यटन व्यवसायी पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरू मध्येबाट सरकारले मनोनीत गरेका ५ जना सदस्य र अर्थ मन्त्रालयको सहसचिव, अध्यागमन कार्यालय तथा नेपाल नागरिक उडड्यन प्राधिकरणको महानिर्देशक सहित ११ जनाको कार्यकारी समित समिति हुने व्यवस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved