डिश मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 04:41:07 PM मा प्रकाशित

laxmi  sunrise bank

डिश मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन्। उनले आज सोमबारदेखि कार्यभार सम्हालेका हुन् ।

मानन्धरले डिश मिडिया नेटवर्कको कार्यभार सम्हालेर व्यवस्थापनलाई सुदृढ बनाउँदै कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवाहरुलाई थप गुणस्तरिय बनाउन प्रमुख भुमिका खेल्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

२५ वर्ष भन्दा वढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मानन्धर अब फरक क्षेत्रको व्यवस्थापनको भूमिकामा आएका हुन् । उनीसँग विभिन्न वान्जिया बैंक र विकास बैंकको उच्च तहमा रहेर काम गरेको अनुभव छ । पछिल्लो समय उनी युएईको मस्रेक बैंकको लागि नेपालको नायब प्रतिनिधि थिए। त्यस अघि उनी प्राइम कमर्शियल बैंक, मुक्तिनाथ विकास बैंक, तथा प्रभु बैंकको उच्च तहमा थिए । 

उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । उनले पोखरा कै पीएन क्याम्पसबाट ब्याचलर्स गरेका हुन् । स्याङ्जाको पिताम्बर माविबाट एसएलसी दिएका उनले आईकम पनि पोखरा मै गरेका हुन् । 

डिशहोमले तीन वर्षअघि मात्रै नेपाल दूरसंचार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति प्राप्त गरी हाल नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ । कम्पनीले आफ्नो पूर्वाधार विस्तारका लागि प्राइभेट इक्वीटीज फन्डबाट थप लगानी जुटाइसकेको र केहि अन्तिम प्रकृयामा रहेको रहेको जनाएको छ । कम्पनीले सर्वसाधारणलाई पनि आइपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved