निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा मुकेश दहाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मुकेश दहाल नियुक्त गर्ने निर्णय गरेको हो।
उनको कार्यकाल २०८१ वैशाख ४ देखि २०८३ वैशाख ३ गतेसम्म हुने छ। दाहाल ईटहरी उपमहानगरपालिका वडा नं. ४ निवासी हुन् ।
यस अघि उनी कम्पनी मै कार्यबाहक सीइओ थिए । यस अघिका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तको कार्यकाल २०८० भदौ ३१ गतेदेखि सकिएपछि दहाल कार्यबाहक सीइओ थिए।