ठुलो जितबाट चुक्यो अफगानिस्तान, शामिले लिए ह्याट्रिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2019 | 09:37:31 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा अफगानिस्तान ठुलो जितबाट चुकेको छ। जारि विश्वकपको २८ औं प्रतियोगितामा अन्तिम केहि ओभरमा सम्हालिन नसक्दा जितको नजिक पुगेर पनि अफगानिस्तान ११ रनले भारतसंग पराजित भएको छ। 

टस जितेर पहिले ब्याटिंङ रोजेको भारतले दिएको २२४ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४९ ओभर ५ बलमा सबै विकेट गुमाउदै २१३ रनमै रोकिएको छ। अन्तिम ओभरमा भारतका मोहम्मद शामीले उत्कृष्ट बलिंङ गर्दै ह्याट्रिक लिएर भारतलाई जित दिलाएका छन। आजको प्रतियोगितामा कुल ४ विकेट लिएका शामीले अन्तिम ओभरमा अफगानिस्तानका कप्तान मोहम्मद नबि सहित ३ जनाको विकेट लिए। 

खेलमा दोस्रो नम्बरमा आएका कप्तान नबि प्रतियोगिताको अन्तिम ओभरसम्म टिक्दै ५२ रन बनाए। तर उनको अर्धसतकले अफगानिस्तानलाई जित दिलाउन पर्याप्त हुन सकेन। 

अफगानिस्तानका लागि कप्तान नबिले सर्वाधिक ५२ रन बनाए भने भारतको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ६७ रन बनाए। आजको प्रतियोगितामा १० ओभरमा ३९ रन खर्चिएर २ विकेट लिएका भारतका जस्प्रित बुमराह म्यान अफ दि म्याच बनेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved