नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 08:27:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ । बैंकले फागुन १ गतेदेखि ४ अर्ब ४ करोडको ऋणपत्र बिक्री खुला गरेको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार इकाई ऋणपत्र निष्काशन गरेको हो ।कुल ऋणपत्र मध्ये १६ लाख १६ हजार इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ। सो मध्येबाट पनि ८० हजार ८ सय कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।  बाँकी रहेको २४ लाख २४ हजार इकाई बैंकले व्यक्तिगत तबरमा  विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको आवेदन दिनु पर्ने छ । 

 उक्त ऋणपत्रको अवधि दश वर्षको हुनेछ भने ऋणपत्रमा १० प्रतिशत ब्याजदर तोकिएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved