
 2mb (1).gif)
आज शुक्रबारबाट थप १० कम्पनीहरु रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) प्रणालीमा आवद्द भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरु आजबाट उता प्रणालीमा आवद्द भएका हुन् ।
आज प्रणालीमा आवद्द हुनेहरुमा ज्योति विकास बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक , लुम्बिनि विकास बैंक, कामना सेवा विकास बैंक , गरिमा विकास बैंक, आइसिएफसि फाइनान्स र मञ्जुश्री फाइनान्स रहेका छन् ।
आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । नेपालमा आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो ।