मुक्तिनाथको नयाँ खाता योजनामा १२ प्रतिशत ब्याज, साढे २२ लाख सम्मको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 11:54:34 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले  “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ । यसमा योजनाले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र २२.५० लाख सम्मको बीमा सुविधा दिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजना अनुसार मुद्धती खातामा न्यूनतम रु ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने  खातावालहरुले आफनो लागि रु १० लाख सम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउने छन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्ने र जति अवधिको मुद्धती खाता खोलिएको हो त्यतीनै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved