व्यवसायीको लागि महालक्ष्मीले दिन्छ ५ करोडसम्म कर्जा: १५ वर्षको अवधि, १०.९९ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 02:22:09 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरि महालक्ष्मी व्यावसायीक कर्जामा विषेश योजना ल्याएको छ । फागुन १ गते बाट ल्याईएको यस योजनामा नयाँ सुविधाहरु थप गरिएको बैंकले जनाएको छ । 

यो कर्जा साना तथा मझौला व्यवसायहरुलाई एक वर्षदेखि १५ वर्ष अवधिसम्मका लागि १०.९९ प्रतिशतमा प्रदान गर्ने बैंकका केन्द्रीय ऋण विभाग प्रबन्धक क्षितिज खड्काले जानकारी दिए । यो कर्जा व्यवसायीको आवश्यकता परिपुर्ती गर्नको लागि दिने गरेको खड्काले बताए । “यो कर्जा ओभरड्राफ्ट र अवधि ऋण प्रकृतिको हुन्छ । ओभरड्राफ्ट प्रकृतिको कर्जाको ब्याज मासिक वा त्रैमासीक रुपमा बुझाउनु पर्ने हुन्छ र यो कर्जा १ वर्ष को लागी प्रदान गरिन्छ ,” उनले भने, “ १ वर्ष पछि कर्जा नविकरण गर्ने सुविधा पनि हामीले  उपलब्ध गराएका छौँ ।”

बैंकका अनुसार आवधिक कर्जाको प्रकृति र व्यावसायको माग हेरेर बढीमा १५ वर्ष सम्म यो कर्जा उपलब्ध हुन्छ । साथै, मासिक वा त्रैमासिक रुपमा किस्ता बुझाउनु पर्ने हुन्छ । बैंकले व्यावसायको दैनिक करोबारमा नगद प्रवाहको सन्तुलन कायम गर्न, व्यावसायीक उद्देश्यका निम्ति घर जग्गा खरिद गर्न, ठुला प्रोजेक्ट फाइनान्स गर्न लगायतका व्यावसायिक जरुरत परिपुर्ती गर्न यो कर्जा दिने गरेको छ । 

यस कर्जामा पहिलो एक वर्षका लागि स्थिर ब्याजदर कायम रहने छ । साथै, बैंकले  महिला ऋणीलाई सेवा शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था पनि गरेको छ । 

कर्जा लिनेको लागि चाहिने कागजात

बैंकका अनुसार यो कर्जा लिनको लागि त्यति धेरै कठिन छैन, सहज र सरल तरिका यो कर्जा लिन सकिन्छ । यो कर्जा प्राप्त गर्नको लागि आफ्नो व्यावसायको दर्ता प्रमाण पत्र, प्यान सर्टिफिकेट, लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाण पत्र, प्रक्षेपित वित्तीय प्रतिवेदन, व्यापार योजना, प्रोपराइटरको संगोल परिवारिक विवरण लगायतका कागजातको अवश्यकता पर्छ । बैंकको १०३ नै शाखाबाट यो कर्जा उपलब्ध छ । अहिले आएको नयाँ याजनामा यो कर्जा न्यूनतम ५ लाख देखि अधिकतम ५ करोडसम्म उपलब्ध हुन्छ । यति भए पछि बैंकले फाइनान्सीङ गर्न थाल्छ । आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको तीन कार्य दिनभित्र नै बैंकले कर्जा प्रवाह गर्छ ।  

यो योजना धेरै ग्राहकहरुले रुचाएको बैंकको भनाई छ । फागुन महिना देखि हाल सम्म आउदा बैंकले २ सय ग्राहकलाई ऋण दिईसकेको छ । यो योजनामा अझ अफरहरु ल्याएर अझ राम्रो बनाएर लौजाने उद्देश्य रहेको बैंकले जनाएको छ । यो योजनाबाट र बैंकले गर्ने काम बाट प्रभावित भएर ग्राहकहरुले राम्रो प्रतिक्रिया दिने गरेको खड्काले जानकारी दिए । यो कर्जाको माग बढ्दो रहेको र यसले देशको आर्थिक समुन्नतीमा टेवा पुर्याउने  विश्वास बैंकले व्यक्त गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved