शेयर लगानीकर्ताको लागि महालक्ष्मीले ल्यायो 'अल इन वान' खाता, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 11:49:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । 

बैंकका अनुसार यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टि. एम. एस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टि. एम. एस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि– आश्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन । टि. एम. एस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्ने बैंकले जनाएको छ । 

यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास  लिएको बैंकले उल्लेख गरेको छ । 

बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेकाछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved