नीति तथा कार्यक्रम र बजेटमा सन्तुलन छैन - सुरेन्द्र पाण्डे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 07:43:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकराले आव २०७९/८० का लागि ल्याएको बजेटमाथि प्रतिक्रिया दिंदै पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले 'अनुशासनहीन' भनी प्रतिक्रिया दिएका छन् ।

बजेट भाषणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै पाण्डेले चुनावी सरकार भएको हेक्का नराखेको प्रतिक्रिया दिएका हुन् ।

'यो सरकारले आफू चुनावी सरकार हो भनी हेक्का राखेको छैन,' पाण्डेले भने, 'आठ लाख कर्मचारीको संचयकोष व्यवस्थापन गर्न नसकेको सरकारले डेढ करोड कृषकलाई १० प्रतिशत संचयकोष दिन्छु भन्नु हचुवा हो ।'

त्यस्तै साना आयोजनाहरू प्रदेश र केन्द्रलाई हस्तान्तरण गर्ने भनिएपनि कतिपय ठाउँमा संघबाट नै बजेट परेको उनको प्रतिक्रिया छ ।

उनले भने, 'नीति तथा कार्यक्रम र बजेटबीच कुनै सन्तुलन देखिन्न ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved