लघुवित्तका लागि अहिलेसम्मकै राम्रो बजेट: प्रकाश राज शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 07:55:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले लघुवित्तलाई यसरी पहिलो पटक बजेटमा प्राथमिकतामा राखिएको प्रतिकृया दिएका छन्। 

आर्थिक बर्ष २०७९/८० का लागि सरकारले संसदमा पेश गरेको बजेटमाथि संक्षिप्त प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । यस अगाडीका बजेटमा लघुवित्त भन्ने शब्द समेत उल्लेख नगरिएको अवस्था सुनाउदै शर्माले धेरै पछि लघुवित्तलाई बजेटमा ठाउँ दिईएको बताए। 

लघुवित्त कोष स्थापना गर्ने, लघुवित्त कोषमा राख्नुपर्ने स्रोतबारे बजेटमा स्पष्ट व्यवस्था गरिएको, कृषिको लागि अनुदान तथा सहुलियत लघुवित्त मार्फत गरिनुपर्ने, किसानलाई परिचयपत्र दिईने र त्यसकै आधारमा सहुलियत दिने, नेपाल राष्ट्र बैकंको नियमनमा नरहेका वित्तीय कारोबार गर्ने संस्थाहरुलाई पनि नियमन गरिने जस्ता कुराहरु समावेश गरिएकाले यस पटकको बजेट लघुवित्तका लागि ऐतिहासिक नै भएको उनको भनाई छ।

आफुहरुले राखेका सबै मागहरु सम्बोधन नभएपनि अहिलेको बजेटमा उल्लेख व्यवस्थाहरु लघुवित्तमैत्री भएको र यसको कार्यन्वयन हुन सकेमा लघुवित्त क्षेत्र अहिलेको भन्दा धेरै राम्रो हुने उनले बताए।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved