'बजेटमा आशा बढी नै थियो, तर आएका ३ वटा ब्यबस्थाले पुँजीबजारलाई राम्रै गर्छ' : छोटेलाल रौनियार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 08:15:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष तथा शेयर लगानीकर्ता छोटेलाल रौनियारले बजेटमा लगानीकर्ताहरुले अलि बढी नै आशा गरेको तर ति सम्बोधन भएको बताएका छन् । यद्यपि उनले सार्वजनिक भएका बुँदाहरु कार्यन्वयन भएमा त्यसले पुँजीबजारलाई राम्रै गर्ने उल्लेख गरेका छन् ।

एनआरएनलाई पुँजीबजारमा ल्याउने घोषणा, विदेशमा रहेका नेपालीलाई आईपिओमा आरक्षण दिने घोषणा तथा निश्चित पुँजी भएका कम्पनीहरु आईपिओमा जानै पर्ने ब्यबस्थाले बजारलाई राम्रै गर्ने उनले बताए । आईपिओको आरक्षणले विदेशमा रहेका ६० लाख नेपालीलाई बजारमा प्रवेश गराउन सकिने, एनआरएन मार्फत ठूलो पुँजी परिचालन गर्न सकिने र नयाँ कम्पनीहरुको आईपिओ आउने ब्यबस्थाले बजारलाई सकारात्मक बनाउने उनको भनाई छ ।

यद्यपि त्यस्ता कम्पनीले आईपिओ निष्काशन गर्दा पुँजीको कम्तिमा ३० प्रतिशत निष्काशन गर्नु पर्ने अन्यथा बजारमा कर्नरिंग हुनेतर्फ उनले सचेत गराएका छन् ।

त्यस्तै एनआरएनको विषय पटक पटक आउने गरेको भए पनि यस पटक भने नतिजा देखिने उनको अपेक्षा छ । त्यस्तै बजेट मार्फत लाभकर घट्ने अपेक्षा गरिए पनि सो भने पुरा नभएको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved