'कागलाई बेल पाक्यो हर्ष न बिष्मात जस्तो बजेट, लगानीकर्ताका अपेक्षाकृत बिषय आएनन्' : पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 08:25:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आज सार्वजनिक गरिएको बजेटमा पुँजीबजारको विषयमा पुरानै पाना दोहोर्याईएको टिप्पणी गरेकी छिन् । पूँजीबजार सुधारको कुरा हरेक बर्षको बजेटमा दोहोरिरहने तर त्यो   बजेटमा मात्र सिमित रहने हुँदा  लगानीकर्ता यसको मारमा पर्दै आएको र फेरि पनि पर्ने उनको भनाई छ ।

प्रत्यक्ष रुपमा बजारलाई छुने केहि कुरा नभएकाले अहिलेको बजेट पनि पुँजीबजारका लगानीकर्ताहरुका लागि कागलाई बेल पाके जस्तो भएको उनको टिप्पणी छ।  नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारै तिर बाँट थिलथिलो हुदै गएको पुँजी बजारमा लगानीकर्ताका अपेक्षाकृत बिषय र समस्याहरु यो बजेटमा खासै समावेश हुन नसकेको उनको भनाई छ । पुँजीबजारको विस्तार र विविधिकरण गर्दै सम्भाव्य जोखिम न्युनिकरण गर्दै आम लगानीकर्ताहरुको हक हित संरक्षण गरिने आ. ब. २०७९/०८० मा पनि सबै पुरानै पाना दोहोरिएको उनी बताउछिन्। 

विदेशमा रहेका नेपाली श्रमिकलाई आईपिओमा आरक्षण दिने विषय पनि त्यो आँखामा हिलो छ्याप्ने काम मात्र भएको उनको भनाई छ  । आफुहरुले लाभकर घट्ने, ४/१२ को सीमा पुनरावलोकन हुने विषयको आशा गरे पनि लगानीकर्तालाई राहत दिने विषय नआएकोले अहिलेको बजेट कागलाई बेल पाके जस्तो भएको उनको भनाई छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved