'बैंकमा २५ लाख राख्न नपाइने होइन, स्रोत खोज्ने बिषयमा बुझाई गलत भयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 09:36:05 AM मा प्रकाशित

laxmi  sunrise bank

गभर्नर महाप्रसाद अधिकारीले निक्षेपमा स्रोत खोज्ने बिषयबारे ग्राहकले मात्र नभई बैंकहरुमा पनि बुझाईको कमि भएको बताएका छन्। आर्थिक बर्ष २०७९-०८० को मौद्रिक नीति तर्जुमाको सिलसिलामा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। 

दश लाख माथिको निक्षेपमा स्रोत उल्लेख गर्नुपर्ने बिषयलाई लिएर ग्राहकलाई मात्र नभई बैंकहरुमा पनि गलत बुझाई भएको गभर्नर अधिकारीको भनाई छ। 

'बैंकमा दश लाख माथिको रकम निक्षेप राख्दा स्रोत मागिन्छ त्यो सत्य हो तर स्रोत उल्लेख गरेकै कारण उसमाथि अनुसन्धान हुन्छ कारबाही हुन्छ भन्ने गलत हो' गभर्नर महाप्रसाद अधिकारीले भने, 'पटक पटक एकै प्रकारले पैसा जम्मा भएको छ र त्यो रकम दश लाख मुनि भएपनि शकास्पद कारोबार भए अनुसन्धान हुन्छ।"

उनले अगाडी भने, तर कसैले दश लाख माथि निक्षेप राखेको छ र स्रोत उल्लेख गरेको छ भने राष्ट्र बैंक त्यसको स्रोत खोज्न दौडीहाल्दैन। यो व्यवस्था भनेको कसैले दश लाख भन्दा माथि निक्षेप राख्छ भने त्यस्तो कारोबारबारे राष्ट्र बैंकलाई जानकारी देउ भनेको मात्र हो। अहिलेसम्म यसरी निक्षेप राखेर स्रोत खोजेर कारबाही गरेको रेकर्ड छैन। 

'निक्षेप राख्ने कुरामा बैंकर, व्यवसायी, ग्राहक कन्फ्युज भएका छन् कन्फ्युज नहुनुहोस, मिहिनेत गरेर कमाएको पैसा, ट्याक्स तिरेर कमाएको पैसा हो भने जतिपनि रकम किन नहोस ढुक्कले जम्मा गर्नुहोस' उनले भने। 

बैंक तथा वित्तीय संस्थाहरुको संचालकहरुको संस्था 'बैंक तथा वित्तीय संस्था परिषद' सिबिफिनका अध्यक्ष पवन गोल्यानले स्रोत उल्लेख गर्नुपर्ने भएकाले बिशेषगरि ग्रामिण क्षेत्रका मानिसहरुले बैंकमा पैसा राख्न नसकेको बताउदै महिलाको खातामा २५ लाखसम्म जम्मा गर्नेलाई स्रोत नोखोज्ने व्यवस्था गर्नलाई सुझाव दिएका थिए। 

सोहि सुझावबारे जवाफ दिने क्रममा गभर्नर महाप्रसाद अधिकारीले पैसा कहाँबाट आएको भनेर जानकारी दिए पुग्ने तर यसरी जानकारी दिंदैमा कारबाही नै भोग्नुपर्ने अवस्था नआउने स्पष्ट पारे।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved