
आफ्नो जीवनको महत्त्वपूर्ण समय लघुवित्तलाई दिएका मिन बोहरा लघुवित्त क्षेत्रबाट विदा भएका छन्। लघुवित्त क्षेत्रमा २५ वर्षको योगदान दिएका बोहरा ६ वटा मर्जर र ४ वटा डीमर्जसहितको अनुभव लिएर यस क्षेत्रबाट विदा भएका हुन्।
नेपाल लघुवित्त बंकर्स संघका कार्यबाहक अधक्ष्य समेत भएका मिन बहादुर बोहरा एक साधारण किसान परिवारमा हुर्किएका व्यक्ति हुन्। उनले स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका छन्।
२०५० सालमा सुदुर पश्चिमांचल ग्रामीण बिकास बैंक धनगढीबाट सहायक स्तरबाट बैंकिंग करियर सुरु गरेका बोहराले यो २५ वर्षको समयमा विभिन्न संघसँस्थामा काम गरेको अनुभव संगालेका छन्।
२०५४ सालमा पश्चिमांचल ग्रामिण बिकाश बैंकमा अधिकृत सातौमा नाम निकालेका बोहरासँग नेपाल कम्म्युनिटी बिकाश बैंक लि., कालिका लघुवित्त, नेपाल अग्रो लघुवित्त , धौलागिरी लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत भएको अनुभव छ।
सहायक पदबाट जागिर सुरु गरेका बोहरा काका पशुपति घिमिरेको सहयोगबाट नेपाल कम्म्युनिटी बिकाश बैंक लि.( हाल Citizen Bank International ) संग मर्जर भएको) बुटवलमा स्थापना गरि ४ वटा वित्तीय संस्थाको प्रमुख कार्यकारी भएको पहिलो सिइओ समेत हुन्। उनीसँग एकै वर्षमा ३ वटा लघुवित्त वित्तीय संस्थाका प्रमुखको जिम्म्मेवारी सम्हालेको अनुभव समेत रहेको छ।
धौलागिरि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत हुँदा लघुवित्तका प्रमुख कार्यकारीहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघमा उपाध्यक्ष बनेका बोहरासँग छोटो समय कार्यबाहक अध्यक्ष सम्हाल्ने मौका समेत पाए। उनी कार्यवाहक अध्यक्ष छँदै लघुवित्त बैंकर्स संघ लघुवित बिरोधि आन्दोलनकर्ताको विरोधमा देशका ७७ वटै जिल्लाका सिडियो तथा प्रधानमन्त्रीलाई एकै पटक ज्ञापनपत्र बुझाएर सबैको ध्यानाकर्षण गर्न सफल बनेको थियो।
अति आवश्यक परिस्थिति सृजना नभएसम्म अब लघुवित्त सँस्थाको प्रमुख नेतृत्त्वमा नआउने बताएका बोहराले लामोसमय बैंकिंङ क्षेत्रमा योगदान पुर्याएर अनिल शाह लगायतका केहि व्यक्तिले राजनीति रोजेजस्तै राजनीतिको बाटो रोज्छन या अन्य क्षेत्र खोज्छन त्यो भने हेर्न बाँकी छ।