नीतिले पुग्दैन, ऐन आएपछि अपिले हाइड्रोजन उत्पादन गर्छ : संजिव न्यौपाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2024 | 06:15:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर लिमिटेडले हालै जारी भएको 'ग्रीन हाइड्रो नीति २०८०' हाइड्रोजन उत्पादन सुरु गरि हाल्न पर्याप्त नभएको बताएको छ । नेपाल सरकारले ग्रीन हाइड्रोजन नीति जारी गर्नु स्वागतयोग्य भए पनि धेरै विषय प्रष्ट हुन बाँकि रहेको कम्पनीले जनाएको छ ।

बिजपाटीसँग कुरा गर्दै कम्पनीका प्रबन्ध निर्देशक संजिव न्यौपानेले प्रष्ट नीति आएपछि कम्पनीले हाइड्रोजन उत्पादन गर्ने बताए ।  तर त्यसको लागि स्पष्ट कानुन आवश्यक रहेको उनको भनाई छ । कम्पनीले हाइड्रोजन उत्पादनको लागि भारतीय कम्पनी  ग्रिनजो इनर्जी प्रालिसँग सम्झौता गरिसकेको उल्लेख गर्दै कानुनी प्रावधान प्रष्ट हुना साथ उत्पादनको काम सुरु गरिने उनले बताए ।

उनका अनुसार अहिले भने कम्पनीले विभिन्न स्थानमा हाइड्रोजन उत्पादन गर्नको लागि अध्ययन गरिरहेको र साइट पनि खोजिरहेको छ। कम्पनीले सिमरा, ढल्केवर, त्रिशुली, दार्चुला, चन्द्रनिगाहापुर लगायतका स्थानमा साइट भिजिट गरिसकको उनले उल्लेख गरेका छन् ।

तर कम्पनीले स्पष्ट कानुन पर्खेर बसेको उनको भनाई छ । उनका अनुसार अहिलेसम्म हाइड्रोजन उत्पादनको लागि को सँग अनुमति माग्ने भन्ने स्पष्ट छैन । कम्पनीले अनुमति माग गर्नको अल्गी नियामक निकाय नै अहिले नतोकिएको उनले उल्लेख गरे । त्यस्तै नेपालमा तत्काल नै हाइड्रोजनको बजार नदेखिएकोले निर्यातको लागि पनि नीति बन्नु पर्ने उनले बताए ।

हाइड्रोजन उत्पादन गर्द आवश्यक पर्ने सामान आयात गर्दा के कति भन्सार छुट लाग्ने हो , सो पनि प्रष्ट हुनु पर्ने उनी बताउछन् । त्यस्तै हाइड्रोजन उत्पादन भएपछि भण्डार गर्न डिपो निर्माणको विषयमा पनि स्पष्ट कानुन हुनु पर्ने उनको भनाई छ । यी सबै कानुनी पाटो स्पष्ट भएपछि कम्पनीले नियामक सँग अनुमति लिएर सुरुमा सिमरामा १ मेगावाटको हाइड्रोजन प्लान्ट निर्माण गर्ने र क्रमश अन्य स्थानमा पनि गरेर कुल ५० मेगावाटसम्मको हाइड्रोजन उर्जा उत्पादन गर्ने सम्झौता नै रहेको उनले उल्लेख गरे । कम्पनी आज नै काम सुरु गर्न तयार भए पनि अनुमति माग्न कहाँ जाने भन्ने नै स्पष्ट नरहेकोले काम सुरु गर्न नसकिएको उनको भनाई छ । अपि पावर कम्पनी सम्झौतामा दृढ रहेको र कम्पनीले हाइड्रोजन उर्जा उत्पादन गरेरै छाड्ने प्रबन्ध निर्देशक न्यौपानेले बताए ।

सरकारले जारी गरेको ग्रीन हाइड्रोजन नीतिमा आवश्यकता र औचित्यको आधारमा छुट सुविधा दिने भन्ने विषयमा कानुनमा विशेष व्यक्त गरिने उल्लेख भएकोले कानुन बनेपछि मात्र काम सुरु गर्न सकिने उनको भनाई छ । नीतिको कार्यनीतिमा उल्लेख भए बमोजिम ऐन तथा नियमावली,  निर्देशिका, कार्यविधि तथा मापदण्ड बनेपछि काम सुरु गर्न सम्भव हुने उनी बताउछन् । 

यस अघि : अपि पावरले १ मेगावाटको भएपनि हाइड्रोजन उर्जा उत्पादन गर्छ: संजिव न्यौपाने (भिडियो अन्तर्वार्ता)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved