अपि पावरले १ मेगावाटको भएपनि हाइड्रोजन उर्जा उत्पादन गर्छ: संजिव न्यौपाने (भिडियो अन्तर्वार्ता)

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Aug 22, 2023 | 10:39:45 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर लिमिटेडले परिक्षणको लागि एक मेगावाटको भए पनि हाइड्रोजन उर्जा उत्पादन गर्ने भएको छ। बिजपाटीसँग कुरा गर्दै कम्पनीका प्रबन्ध निर्देशक संजिव न्यौपानेले हाइड्रोजन उत्पादन गर्नको लागि अध्ययन गरिरहेको र साइट पनि खोजिरहेको बताए । हाइड्रोजन बहुउपयोगी भएकोले निकट भविष्यमा १ मेगावाट भए पनि हाइड्रोजन उर्जा उत्पादनको तयारीमा अपि पावर रहेको उनको भनाई छ ।

त्यस्तै उनले हकप्रदबाट संकलन भएको रकम आयोजनाको ऋण तिर्न प्रयोग गर्ने र ऋण तिरिसकेपछि सबै फाइदा लगानीकर्ताले नै पाउने भएकोले हाइड्रोमा गरिएको लगानीलाई दिर्घकालिन रुपमा हेर्नु पर्ने बताए ।

 सरकारले निजि क्षेत्रलाई पनि विद्युत ब्यापारको लाईसेन्स दिनु पर्ने र विद्युत ब्यापारको लाईसेन्स दिएपछि विद्युत खरिद गर्ने खरिदकर्ता खोज्ने कामको नेतृत्व गर्न अपि पावरले गर्ने उनले बताए । भारतले कहाँ र कसरी बिजुली खरोद गर्छ भन्ने आफुलाई थाहा भएकोले आफै भारत गएर नेपालको बिजुली भारतमा बेच्ने व्यवस्था गर्ने उनले बताए । तर सरकारले नीतिगत व्यवस्था गरिदिनु पर्ने उनको भनाई छ ।

त्यस्तै उनले हाइड्रोपावरमा पनि मर्जर आवश्यक भएको बताएका छन्।  मर्जर गरेर हाइड्रोको बिग प्लेयर एकठाउँमा आउनु पर्ने उनको भनाई छ । अपि पावर मर्जरको लागि खुला रहेको तर शेयरधनीलाई फाइदा पुग्ने गरि मात्र मर्ज हुनु पर्ने उनले बताए ।

हेर्नुस् उनीसँगको कुराकानी ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved