उत्तर र दक्षिण जोड्ने ४ लेन सडक बनेमात्र वैदेशिक ब्यापारमा सुधार हुन्छ : राजेन्द्र मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2024 | 01:43:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उत्तर र दक्षिण जोड्ने ४  लेनको सडक पूर्वाधार निर्माण गर्न सके नेपालको वैदेशिक ब्यापारमा सुधार आउन सक्ने बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघको साधारणसभामा बोल्दै अध्यक्ष मल्लले केरुङबाट उत्तर दक्षिण जोड्ने ४ लेनको पक्की सडक निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएका हुन् ।

उनले चीनसँग १ खर्ब ४५ अर्बको ब्यापार घाटा रहेकाले यसलाई सन्तुलन गर्न चिनियाँ पर्यटकको आगमनमा वृद्धि र चीनमा जडिबुटीजन्य वस्तुको व्यवस्थित निकासी गर्न आवश्यक रहेको बताए । उनलेे चीनबाट सामान ल्याएर नेपालमा बिक्री गर्दै आएका व्यवसायीलाई आगामी दिनमा आयात मात्रै नभई नेपाली उत्पादनको निर्यातमा पनि भूमिका खेल्न अनुरोध गरे ।

अध्यक्ष मल्लले तातोपानी र केरुङ नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन बनाएर त्यहाँ परीक्षण गराएर नेपाली वस्तु उच्च गुणस्तरका छन् भन्ने सन्देश दिन सकिए चीनमा नेपालबाट भइरहेको अर्बको निर्यात खर्बमा पुग्ने समेत बताए ।

यसैबीच, झापाको दमकमा चीन सरकारको सहयोगमा बन्दै गरेको औद्योगिक पार्क पनि चाँडै निर्माण सम्पन्न गर्नुपर्नेमा अध्यक्ष मल्लको जोड छ । उक्त औद्योगिक पार्कमा चीनले आफ्नो देशमा बन्ने वस्तुहरु समेत यहीँ बनाउने भएकाले सो पार्क निर्माणमा नेपाल पक्षबाट ढिलासुस्ती नगरिदिन पनि उनलेे अनुरोध गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved