अर्थतन्त्र अझैं पनि संकुचनमा छ, थप लचिलो मौद्रिक नीति आवश्यक छ : अध्यक्ष अग्रवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2024 | 02:05:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले थप लचिलो मौद्रिक नीति आवश्यक रहेको बताएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघको २४औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष अग्रवालले अर्थतन्त्रको आन्तरिक क्षेत्र अझै पनि संकुचनमा रहेकाले थप लचिलो मौद्रिक नीतिको आवश्यकता रहेको बताएका हुन् ।

उनले विदेशी मुद्राको सञ्चित १३ अर्ब डलरभन्दा माथि रहेको भए पनि आन्तरिक अर्थतन्त्रमा सुधार नदेखिएको बताएका हुन्। अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि सरकारले पुँजीगत बजेट खर्च गर्नुपर्ने र लगानीलाई निरुत्साहित गर्ने कानुनहरुमा पनि समयसापेक्ष सुधार गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष अग्रवालको भनाइ छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved