चेम्बरका अध्यक्ष मल्ल भन्छन्, ‘मौद्रिक नीतिले महँगी बढाउँछ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 06:30:35 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति राष्ट्र बैंकले सार्वजनिक गरेपछि सरोकारवालाहरु आ–आफ्ना धारणा राखिरहेका छन् । विशेष गरी औद्योगिक व्यवसायको क्षेत्रलाई मौद्रिक नीतिले सोझै छुने भएकाले यहीँ क्षेत्रका संघ संगठनका नेतृत्व तथा अन्य व्यक्तिहरु धारणा राखिरहेका छन् । 

महँगी बढ्छः (राजेन्द्र मल्ल, अध्यक्ष चेम्बर अफ कमर्श)

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीतिले महँगी बढाउने प्रक्रिया दिएका छन् । मौद्रिक नीति कसिलो आएको र यसले व्यवसायमा ब्याजदर बढाउने र फलस्वरुप महँगी बढ्ने बताएका हुन् । 

‘मौद्रिक नीति कसिलै आयो, व्यवसायमा ब्याजदर बढ्छ, यसले सोझै महँगी बढाउँछ’ अध्यक्ष मल्लले भने, ‘गत वर्षको मौद्रिक नीतिमा कृषि लगायतका क्षेत्रमा बेस रेटमा १.५० प्रतिशत मात्रै प्रिमीयम थप गर्न पाइने व्यवस्था गरेको थियो, अहिले २ प्रतिशत थप गर्न पाईने व्यवस्था गरेको छ । अरु व्यवसायमा बेस रेटमै ४ प्रतिशतसम्म प्रिमीयम थप गर्न पाउने भदिएको छ । यो कुरा औद्योगिक व्यवसायिक क्षेत्रका लागि ठिक भएन ।’ 

उनले आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने र महँगीलाई ७ प्रतिशतमा सिमित राख्ने लक्ष्य पूरा नहुने पनि बताए । 

त्यस्तै, सेयर बजारमा ४ र १२ करोडका नीतिमा सामान्य फेरबदल गर्दै १२ करोडको सीमालाई यथावत राखी एउटा बैंकबाट ४ करोड मात्रै सेयर लोन लिन पाउने व्यवस्थालाई हटाउनु साना लगानीकर्ताका लागि राम्रो भएको उनको बुझाई छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved