नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले उद्यम र व्यवसायलाई राहत दिन्छ जस्तो आफूलाई नलागेको बताएका छन् ।
राष्ट्रिय व्यापार संघले आयोजना गरेको ‘कर नीति, मौद्रिक नीति’ तथा ‘वर्तमान आर्थिक अवस्थाको विषयमाथिको छलफल’मा प्रमुख अतिथि रहेका पूर्व गभर्नर डा. नेपालले यस्तो बताएका हुन् ।
‘मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई टेवा पुर्याउँने देखिँदैन’ उनले भने, ‘कोभिडपछि अहिले जनजीवन केही समान्य जस्तो देखिएपनि आर्थिक समस्या जटिल नै छ ।’
उनले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउन उद्योगी र व्यापारी तथा व्यवसायीलाई सहज रुपमा उद्यम व्यवसायको वातावरण बनाईदिन आग्रह पनि गरे ।
राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज कुमार श्रेष्ठले व्यापारी–व्यवसायीका समस्याप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।