कांग्रेसका म्यानपावर व्यवसायीमाथि बालेनको लौरो, फन पार्कको कर नतिरे ‘सिल’ गर्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 04:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले काठमाडौं फन पार्कलाई कर तिर्न अल्टिमेटम दिएको छ । २०७२ सालदेखि कर नतिरेको भन्दै महानगरले कर तिर्न अल्टिमेटम दिएको हो । 

महानगरपालिका वडा नम्बर २८ मा समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएको फन पार्कले व्यवसाय कर, बहाल कर र मनोरञ्जन कर नतिरेको भन्दै महानगरपालिकाले आज पत्र काटेको हो । 

फन पार्कले वर्षमा व्यवासय करवापत करिब २० हजार रुपैयाँ तिर्नुपर्ने छ । महानगगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार उक्त फन पार्कले मनोरञ्जन कर पनि महाननगरलाई बुझाएको छैन । मनोरञ्जन करवापत महानगरले आगन्तुकले तिरेको पैसामध्ये ५ प्रतिशत लिन्छ । 

उक्त रकममध्ये ६० प्रतिशत महानगर र बाँकी ४० प्रतिशत प्रदेश सरकारको खातामा जान्छ । 

फन पार्कलाई जग्गा बहालमा लगाएको समाज कल्याण परिषद्ले पनि बहाल कल तरिको छैन । महानगरपालिकालाई फनपार्क र समाज कल्याण परिषद् बीचको बहाल सम्बन्धीको सम्झौता पत्र पनि नदिइएको अधिकारीले बताए । महानगरले बहाल करमार्फत् कुल तिरेको रकमबाट वार्षिक १० प्रतिशत लिने गरेको छ ।

काठमाडौं फनपार्क पूर्व श्रमराज्यमन्त्री एवं म्यानपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गर्दै आएका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् ।

पत्रः

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved