नागरिक लगानी कोषको खुद नाफा ८८ करोड २४ लाख, म्युचुअल फण्ड चलाउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 09:11:35 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा नागरिक लगानी कोषले ८८ करोड २४ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा यो १३.४३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ७७ करोड ७९ लाख खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले ३५ करोड ३२ लाख खुद ब्याज आम्दानी गरेको छ भने कुल आम्दानी १ अर्ब ४१ करोड रहेको छ । यसमा सेवा शुल्क तथा कमिशन आम्दानी १ अर्ब ४ करोड रहेको छ ।

कम्पनीले मुद्दती निक्षेपमा १ खर्ब २६ अर्ब लगानी गरेको छ भने संगठित संस्थाको शेयरमा ३० अर्ब ९३ करोड लगानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ १४ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १७१ रुपैयाँ ४१ पैसा रहेको छ । हाल कम्पनीको चुक्ता पुंजी ५ अर्ब ३१ करोड रहेको छ भने जगेडा कोषमा २५ अर्ब ५० करोड रहेको छ ।

कोषले छिट्टै बन्द मुखी सामुहिक लगानी कोष योजना संचालन गर्ने तयारी गरेको पनि जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved