मन्दीमा फसेको बेलायती अर्थतन्त्रमा सुधार, अपेक्षा गरेभन्दा ०.६ प्रतिशतले बृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 12:38:59 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको अर्थतन्त्रमा सुधार आएको छ ।

त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले जनवरी र मार्चको मध्यावधिमा अर्थतन्त्र अपेक्षा गरेभन्दा ०.६ प्रतिशतले बढेको  बताएको छ ।गएको वर्ष दोस्रो अर्धवार्षिक अवधिमा अर्थतन्त्र ०.१ प्रतिशतले खुम्चिएको थियो । तर नयाँ आर्थिक वर्ष शुरुवातभएसँगै अर्थतन्त्रमा सुधार भएको हो ।

लगातार दुई तीन महिनाको अवधिमा अर्थतन्त्र संकुचनमा आएपछि बेलायत गत वर्ष मन्दीमा फसेको थियो ।कार उत्पादक कम्पनीहरुले पनि उक्त अवधिमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

बिहीबार, बेलायती केन्द्रीय बैंक, बैंक अफ इङ्गल्याण्ड(बोओई) का गभर्नर एन्ड्र्यू बेलीले अर्थतन्त्र एक कुना पुगेर स्थिर भएर आगाडि बढेको तर यसमा अझै बलियो रिकभरी भने नभएको बताएकी छन् । हुन त यो वर्ष अर्थतन्त्रले गति लिने आशा बेलायती केन्द्रीय बैंकको थियो  ।

उता ओएनएसका आर्थिक तथ्यांकका निर्देशक लिज म्याकनले अर्थतन्त्रले खुद्राकाोबार, सार्वजनिक यातायात र ढुवानी, स्वास्थ्य तथा सेवा उद्योगमा राम्रो रिकभरि आएको बताएका छन् ।

यो वर्षको उत्तरार्द्धमा बेलायतमा आम निर्वाचन हुने आशा गरिएको छ । तर यस वर्षको सुस्त आर्थिक बृद्धिदरले प्रधानमन्त्री ऋषि सुनाकलाई झट्का लागेको छ । बीबीसी



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved