धितोपत्र बोर्डले नीति तथा कार्यक्रमका लागि माग्यो रायसुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 12:57:15 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरूबाट राय/सुझाव माग गरेको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार का लागि आवश्यक बजार पूर्वाधारको  व्यवस्था, बजार तथा नियमनको पहुँच अभिबृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण, आधुनिक तथा लगानीमैत्री  बजारको स्तरोन्नति, बजार विकास तथा विस्तारका लागि सरोकारवालाहरुले सुझाव दिन सक्नेछन् ।

जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना [email protected] मा पठाउन सकिने छ ।धितोपत्र बोर्ड नेपालको समग्र धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियामक संस्था हो ।

हेर्नुस सूचना :


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved