अर्थतन्त्र संकटमा हुँदा बैंकले फाइदा उठाएको शेखर गोल्छाको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2022 | 08:56:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटमा रहेका बेला बैंकहरुले त्यसको फाइदा उठाएको आरोप लगाएका छन् । अर्थतन्त्रमा संकट उत्पन्न हुनुलाई बैंकहरुले कमाउने अवसरका रुपमा लिँदा समस्या आएको गोल्छाको टिप्पणी छ । 

एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले आयोजना गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा अध्यक्ष गोल्छाले बैंकहरुले लिने अतिरिक्त शुल्क (प्रिमियम) नै अहिलेको मुख्य समस्या भएको उनको भनाई छ । 

उनले मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाले आउँदा अर्थतन्त्र थप समस्यामा परेको आरोप पनि लगाए । राष्ट्र बैंकले नै मौद्रिक नीतिमार्फत बैंकको ब्याजदर बढाउने नीति लिँदा समस्या उत्पन्न भएको गोल्छाको भनाई छ । 

उनले औद्योगिक क्षेत्रमा अहिले ४० देखि ५० प्रतिशत ह्रास आएको पनि बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved