नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक अवस्थाको विवरण सार्वजनिक गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९÷८० को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितको विवरण सार्वजनिक गरेको हो।
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रमुख झलक।
-वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.६४ प्रतिशत रहेकोछ ।
-आयात १३.० प्रतिशतले, निर्यात ३४.९ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले घटेकोछ ।
-विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा ११.३ प्रतिशतले बढेको छ ।
-शोधनान्तर स्थिति रु.२३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।
-कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ३५ करोड अमेरिकी डलर रहेको छ ।
-संघीय सरकारको खर्च रु.१३४ अर्ब ३४ करोड र राजस्व परिचालन रु.१४३ अर्ब ८१ करोड रहेकोछ ।
-विस्तृत मुद्राप्रदाय १.१ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ५.५ प्रतिशतले बढेको छ ।
-बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेकोछ ।
-वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ७.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.५ प्रतिशत रहेकोछ ।