चालु आर्थिक वर्षको चैत सम्ममा व्यापार घाटा झण्डै ११ खर्ब रूपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्म १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ ।
साउनदेखि चैतसम्म ११ खर्ब १ अर्ब ५० करोडको बस्तु तथा सेवा आयात हुँदा जम्मा १ खर्ब १८ अर्ब २७ करोड रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ।
यस वर्षको ९ महिनामा गत वर्षको यो अवधिको तुलनामा आयात र निर्यात दूबै घटेको छ । आयात १८.०८ प्रतिशतले घट्दा निर्यात २६.३४ प्रतिशतले घटेको छ ।