चरम मन्दीका बीच पनि गत वर्षकै हाराहारीमा राजस्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 01:00:19 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक मन्दी र बजार चलायमान नभइरहेको अवस्थामा पनि कर राजस्व सङ्कलन भने गत वर्षकै हाराहारीमा पुगेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख महिनासम्मको तथ्याङ्क हेर्दा गत आर्थिक वर्ष २०७८/०७९ कै हाराहारीमा कर राजस्व सङ्कलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ । 

विभागले सार्वजनिक गरेको वैशाखसम्मको कर, राजस्व सङ्कलनको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा ३४ अर्ब ४६ करोड ७५ लाख ८२ हजार आन्तरिक राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको वैशाख महिनामा यस्तो राजस्व ३५ अर्ब ६६ करोड ४५ लाख ६२ हजार रुपैयाँ सङ्कलन भएको थियो । गत वर्षको वैशाख महिनाको भन्दा यसपालीको वैशाखमा उठेको कर राजस्व ३ प्रतिशतले कम हो ।

त्यस्तै, चालु आर्थिक वर्षको वैशाखसम्म ३ खर्ब ७१ अर्ब ५९ करोड ९८ लाख ७८ हजार रुपैयाँ कर राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को वैशाख महिनासम्म ३ खर्ब ७८ अर्ब ३२ करोड ४३ लाख ४२ हजार रुपैयाँ कर राजस्व सङ्कलन भएको थियो । यसपालीको वैशाखसम्म सङ्कलन भएको कर राजस्व गत वर्षको वैशाखसम्म सङ्कलन भएको भन्दा २ प्रतिशतले घटी हो । 

आन्तरिक राजस्व विभागले ७ शीर्षकमा कर राजस्व सङ्कलन गर्दै आएको छ । विभागले आयकर, घरभाडा कर, ब्याज आम्दानीको कर, भ्याट(आन्तरिक), अन्तःशुल्क(आन्तरिक), स्वास्थ्य सेवा र शिक्षा शीर्षकमा कर सङ्कलन गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved