‘बजेटको भारी मौद्रिक नीतिले बोकेपछि अर्थतन्त्रमा समस्या आयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 01:31:11 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकका पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बजेट (वित्त नीति)को भार मौद्रिक नीतिले बोक्नुपर्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । नेपाल राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा क्षेत्रीले बजेटले नभई मौद्रिक नीतिले सबै जिम्मेवारी लिनुपर्छ भन्ने खालको भाष्य स्थापित गर्न खोजिएको भन्दै असन्तुष्टि पनि जनाए । 

उनले जिम्मेवार निकायमा बसेकाहरुबाटै बित्त नीतिले केही गर्दैन र सबै काम मौद्रिक नीतिले गर्छ भन्ने भाष्य स्थापित गरेर सबै भार मौद्रिक नीतिमाथि थुपार्न खोजिएको आरोप पनि लगाए ।

‘विगतमा राष्ट्र बैंकले वित्त नीतिको भार बोक्न खोज्यो, अहिले त्यसलाई सुधार गरेर जान खोज्दा अर्थतन्त्रमा समस्या देखिन थालेको छ’ उनले भने, ‘अर्थतन्त्रका समस्या हल गर्ने निकाय अर्थ मन्त्रालय हो, राष्ट्र बैंकतिर देखाइदिएर हुँदैन ।’

पूर्व गर्भनर क्षेत्रीले बजेटबाट केही सम्भव छैन, सबै काम राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत हुनुपर्छ भन्ने गलत तर्क र अभिव्यक्तिका कारण बहस नै गलत ढंगको भइरहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved