गभर्नरले भने, ‘बजेटभन्दा मौद्रिक नीतिमा अपेक्षा धेरै देखियो, तर हाम्रा सीमा छन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 02:03:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटबाट भन्दा मौद्रिक नीतिबाट अर्थतन्त्र सुधारको अपेक्षा बढी देखिएको बताएका छन् । राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कर्यक्रममा गर्भनर अधिकारीले मोद्रिक नीतिप्रति अपेक्षा बढी देखिएपनि मौद्रिक नीतिको निश्चित सीमा हुने बताएका हुन् ।

‘मौद्रिक नीतिप्रतिको अपेक्षा अलिक बढी देख्छौं, तर यसका केही सीमाहरु छन्,’ उनले भने, ‘मौद्रिक नीतिको उद्देश्यभन्दा बाहिर गएर काम गर्दा समस्या आउन सक्छ ।’

वित्त नीति र मौद्रिक नीतिमा ‘चेक एण्ड ब्यालेन्स’ आवश्यक पर्ने बताए । 

‘मौद्रिक नीतिका लागि स्वायत्तता पनि चाहिन्छ नै, राजनीतिमा शक्ति सन्तुलन भनिए जस्तै यता पनि चेक एण्ड ब्यालेन्स आवश्यक छ’ उनले भने ।

उनले अर्थतन्त्रकै पुनर्संरचना गर्नुपर्ने आवश्यकता पनि औल्याए । 

गर्भनर अधिकारीले यो वर्ष बाह्य क्षेत्र सुधार भएको र वित्तीय क्षेत्र पनि सफल नै देखिएपनि भविष्य अझ चुनौतिपूर्ण हुने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved