बिहिबारबाट काठमाडौँमा ‘चेम्बर एक्स्पो’, भारतसहित विभिन्न देशका व्यवसायी सहभागी हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 03:25:50 PM मा प्रकाशित

laxmi  sunrise bank

जेठ ४ गते देखि नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२३’ आयोजना गर्ने भएको छ । एक्सपो जेठ ४ गते देखि ८ गतेसम्म काठमाडौँ भृकुटीमण्डमा हुने  ।

नेपाल चेम्बर अफ कमर्सका अनुसार ५ दिन सम्म चल्ने एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका अन्य मुलुकको व्यवसायीहरुको सहभागिता रहने छ ।

मेलामा कुल १२५ वटा स्टल रहने जनाइएको छ । मेलामा कृषि, विद्युतीय सामग्री, फर्निचरका सामान, गार्मेन्ट र टाइल्सका सामान, मोबाइल ग्याजेट, हाइड्रोका समान, कस्मेटिकजन्य सामान, फेसनका सामग्री, अटोमोबाइल इत्यादी सामग्रीहरु रहनेछन् ।

पछिल्ला पाँच संस्करणको मेला सफलता पुर्वक सम्पन्न भएपछि छैठौं संस्करणको मेला हुन लागेको हो । एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते उद्घाटन गर्नेछन् । 

चेम्बर अध्यक्ष राजेन्द्र मल्लका अनुसार ५ दिनसम्म चल्ने एक्स्पोबाट नेपालको विभिन्न देशसँगको ब्यापार तथा निकासी प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved