के हो ४० लाखभन्दा माथिको आयमा अग्रिम कर कट्टीबारे राजस्व विभागको पत्र ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2023 | 02:55:21 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्षिक ४० लाख वा सोभन्दा बढी आय भएकाहरुलाई आन्तरिक राजस्व विभागले निगरानी गर्न थालेको छ । उनीहरुले कानूनअनुसार कर नतिरेको भए कानुन बमोजिम गर्न गराउन विभागले उनीहरुमाथि निगरानी बढाएको हो ।

मातहतका कार्यालयहरुलाई परिपत्र गरी विभागले वर्षिक ४० लाख वा सोभन्दा बढी आय भएकाहरु न्यून मात्र अग्रिम कर कट्टी गरेको देखिएकोले कर कट्टीको विवरण गर्न निर्देशन दिएको छ । आवश्यक परीक्षण गरी त्यसको रिपोर्ट बुझाउन समेत कार्यालयहरुलाई भनिएको छ । 

‘कतिपय करदाताको विवरण हेर्दा ४० लाख रुपैयाँभन्दा बढी आए भएकामा अग्रिम कर कट्टीमा न्युन कट्टी गरेको देखिन्छ, अतः कार्यालयबाट टिडीएस परीक्षणको क्रममा ४० लाख रुपैयाँ वा सोभन्दा बढी आय हुने करदाताको विवरण हेरी नियमानुसार टिडीएस रकम दाखिला गरे÷नगरेको, विवरण दिए÷नदिएकोलगायत टिडीएससम्बन्धी हेर्नुपर्ने सबै विषयको जाँच गरी परीक्षणसम्बन्धी सम्पूर्ण कार्य गरी सोको प्रगति इआइएमएसमा प्रविष्ट गर्न अनुरोध छ’, विभागले कार्यालयहरुलाई गरेको परिपत्रमा भनिएको छ ।  विभागको कर परीक्षण व्यवस्थापन शाखाले यस्तो सर्कुलर गरेको हो।

विभागले आइटिएस प्रणालीलाई सुधार गरी प्राकृतिक व्यक्तिको ४० लाख वा सो भन्दा बढी आय भएको तर डे ४ आय विवरण पेश नगर्ने करदाताको पहिचान गरी आइटिएस इन्कम ट्याक्स रिपोर्टबाट करदाताको विवरण हेर्न सकिने व्यवस्था छ । विभागका अनुसार कतिपय करदाताले ४० लाखभन्दा बढी आय भए पनि न्युन कर कट्टी गरेको भेटिएकाले त्यस्तो हकमा कानुन बमोजिम कर असुल गर्न निर्देशन दिइएको हो । 

विभागका महानिर्देशक दीर्घराज मैनालीले कसैले टिडीएसमा कम बुझाएको पाइएकाले त्यसलाई भेरिफाइ गर भनेर सम्बन्धित शाखाले कार्यालयहरुले भनेको बताए । उनका अनुसार कसैले १५ प्रतिशत दिनुपर्नेमा ५ प्रतिशत मात्रै बुझाएको भेटिएको छ । कमाई अनुसार एक प्रतिशत देखि ३६ प्रतिशतसम्म आय कर तिर्नुपर्छ । त्यसअनुसार तिरेको छ की छैन भनेर जाँच गर्न सम्बन्धित शाखाले कार्यालयलाई भनेको उनले बताए ।

मैनालीले भने, ‘पूँजीबजार क्षेत्रका व्यक्तिले हामीहरुलाई लक्षित हो की भनेर सोधेका थिए, तर त्यो होइन, एउटा शाखाले माथिल्लो तहको आम्दानी हुनेको विषयमा हेर है भनेको हो ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved