जेठ महिनामा आयकर मात्रै ११ अर्ब उठ्यो, घरभाडा बापतको कर तिर्नेहरु पनि बढे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 05:38:39 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७९/०८० को जेठ महिनामा आयकर र घर भाडाबापतको कर दाखिला बढेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७९/०८० को जेठ महिनामा ११ अर्ब ३४ करोड ३४ लाख २१ हजार आयकर संकलन भएको हो । गत आर्थिक वर्षको २०७८/०७९ को जेठ महिनामा ८ अर्ब ८३ करोड ४९ लाख ३८ हजार मात्रै आयकर संकलन भएको थियो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठ महिनामा घर भाडा बापतको कर २३ करोड ३ लाख ४६ हजार रुपैयाँ उठेको छ । गत वर्षको जेठमा घर भाडा बापतको कर २० करोड ५४ लाख ६० हजार मात्रै संकलन भएको थियो । 

७ शीर्षकमा कर राजस्व सङ्कलन गर्दै आएको आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको ११ महिनामा ४ खर्ब ८ अर्ब ६४ करोड ५१ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष यहीँ अवधिमा ४ खर्ब १० अर्ब ४३ करोड २ लाख ९७ हजार राजस्व उठेको थियो । चालु आर्थिक वर्षको ११ महिनामा उठेको राजस्व गत आर्थिक वर्षको ११ महिनामा उठेको राजस्वको तुलनामा २ अर्ब जति मात्रै कम हो । आर्थिक मन्दी र बजार चलायमान नभएको अवस्थामा पनि आन्तरिक राजस्व विभागले गत वर्षकै हाराहारीमा राजस्व संकलन गर्न सफल भएको हो ।

आन्तरिक राजस्व विभागले आयकर, घरभाडा कर, ब्याज आम्दानीको कर, भ्याट (आन्तरिक), अन्तःशुल्क (आन्तरिक), स्वास्थ्य सेवा र शिक्षा शीर्षकमा कर सङ्कलन गर्दै आएको छ ।

यस वर्षको जेठ महिनासम्म संकलन भएको शीर्षकगत आन्तरिक राजस्व

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved