आज १२ औं कर दिवस, बढी कर तिर्नेलाई ७ गते सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2023 | 10:09:27 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर १ गते १२ औ कर दिवस मनाइदै छ।  मूल्य अभिवृद्धि कर लागु भएको दिन मङ्सिर १ गतेलाई कर दिवसको रुपमा मनाईदै आएको छ  ।  

कर दिवसको लागि यस वर्षको नारा 'स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन: सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ रहेको छ। कर दिवसको अवसरमा आन्तरिक राजस्व विभाग र विभाग अन्तर्गतका विभिन्न कार्यालयले आफु मातहतमाका करदाता मध्ये सबैभन्दा बढी कर तिर्नेलाई सम्मान गर्दै आएको छ ।

तर यस पटक तिहारको विदा लगत्तै कर दिवस परेकोले कर दिवसको औपचारिक कार्यक्रम मङ्सिर ७ गते मात्र हुने छ। मङ्सिर १ देखि मङ्सिर ७ सम्म कर सप्ताह मनाइने र कर सप्ताहको अन्तिम दिन कर दिवसको औपचारी कार्यक्रम गरेर बढी कर तिर्ने करदातालाई सम्मान गर्ने तयारी विभागको छ ।

कर दिवसको अवसरमा प्रधानमन्त्री, अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिव, र आन्तरिक राजस्व विभागका महानिर्देशकले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved