अर्थतन्त्र सुधारको लागि ठोस प्याकेज ल्याउने प्रधानमन्त्रीको घोषणा, बोलाए बृहत बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2023 | 04:23:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि ठोस प्याकेज ल्याउने घोषणा गरेका छन् । अर्थतन्त्र सुधार्न मङ्सिर ४ गते बृहत् बैठक बोलाएको र त्यस बैठकले अर्थतन्त्र सुधारको लागि बृहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीले बताएका हुन् । 

 आइतबार तनहुँको आँबु खैरीनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् । उनले आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण रहे पनि अहिले क्रमशः सुधार भइरहेको बताए । मङ्सिर ४ को बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने र सोही बैठकले ठोस प्याकेज घोषणा गर्नेउनले बताए ।

उनले भने  ‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो । अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर दबाबमुक्त भइसकेको छैन । मङ्सिर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत् बैठक बोलाएको छु ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved